चितवनमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना , ३ सय ३७ जना पक्राउ

चितवनमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना , ३ सय ३७ जना पक्राउ

चितवन , ९ कार्तिक। 
जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी देखिएको छ । चाडपर्व योजना लागु भएपश्चात् असोज १२ गतेदेखी शुक्रबारसम्म ३ सय ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नियन्त्रणमा लिएका मध्य १ सय ५४ जनालाई मुद्धा दर्तागरि कारबाही अगाडी बढाइएको र १ सय ८३ जनालाई सोधपुछ पश्चात् सम्झाई बुझाई पठाइएको प्रहरीले जनाएको छ । उक्त अवधिमा प्रहरीले १८ जनालाई लागुऔषधमा , ८२ जनालाई अभद्र व्यवहार , ५ जनालाई चोरी मुद्धा र ३२ जना जुवाडेलाई मुद्धा दर्ता गरि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । दशैको आसपाँस १७ वटा दुर्घटना भएको जसमा ६ जनाको ज्यान गएको छ ।

त्यस्तै प्रहरीले २ हजार ४ सय ५० वटा सवारीलाई कारबाही समेत गरेको छ । चाडपर्वको बेला बढी भाडा लिने ३५ वटा सवारीसाधनबाट २ सय १६ जना यात्रुलाई अतिरिक्त भाडा समेत फिर्ता गराइएको प्रवक्ता कोइरालाले बताए ।