कांग्रेस कार्यकर्ता परियारमाथी कुटपिट , कांग्रेसद्धारा भत्सर्ना

कांग्रेस कार्यकर्ता परियारमाथी कुटपिट , कांग्रेसद्धारा भत्सर्ना

चितवन , १० मंसिर १०।
पुर्वीचितवनको खैरहनीमा नेपाली कांग्रेस कार्यकर्तामाथी कुटपिट भएको छ । उपनिर्वाचनको मिति नजिकिएकै वेला चितवनको खैरहनी नगरपालिका ४ चैनपुरमा कांग्रेसका कार्यकर्ता टेक वहादुर परियारलाई युवाहरुको समुहले कुटपिट गरेको हो ।

केहिदिन अघिमात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका परियारमाथी नेकपाका कार्यकर्ताबाट कुटपिट भएको कांग्रेसको दाबी छ । उपनिर्वाचनमा काङ्ग्रेसको माहोल देखेर नेकपा अत्तालिएर आफ्नो कार्यकर्तामाथी आक्रमण भएको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए । यता नेकपा चितवनका अध्यक्ष यमवहादुर परियारले कुटपिटमा आफ्ना कार्यकर्ताको सलग्नता नरहेको दावी गरेका छन् । घाईते परियारको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

युवाहरु खाजा खाने क्रममा धकेलाधकेल हुँदा परियार लडेर घाईते भएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेसले एक विज्ञप्तीमा जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । त्यस्तै भरतपुर १६ मा समेत नेकपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस जिल्ला सचिव उत्तम जोशीले विज्ञप्ती जारी गर्दै आचारसंहिता उलंघन गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् । भत्र्स