रत्ननगर उद्योग वाणिज्य संघले गर्यो एक बालिकालाई सहयोग
पुष १० गते । रत्ननगर उद्योग वाणिज्य संघले एक जना वालिकाको परिवारको आयआर्जनका लागि सिलाई मेसिन सहयोग गरेको छ । साथै ति बालिकालाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघले संचालन गरेको बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रम अन्र्तगत सो सहयोग गरेको संघका अध्यक्ष राजाराम रेग्मीले वताए । उद्योगी व्यवसायिका हितका साथसाथै बालबालिकाको क्षेत्रमा पनि काम गर्दै आएको संघले सम्पुर्ण बालबालिकाले विद्यालय शिक्षा प्राप्त गरुन र श्रममा जानबाट रोकियोस भन्ने उद्देश्यका साथ उक्त सामाग्री हस्तान्तरण गरिएको उनले वताए । कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मी, कार्यक्रम संयोजक तथा संघका पूर्व अध्यक्ष दिपक कुमार कर्माचार्य, निवर्तमान अध्यक्ष ज्ञान बहादुर बिसुराल, रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल ,कार्यसमिति सदस्य विरन्जना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।