सडक मर्मतको लागि उद्योग वाणिज्य संघको ध्यानाकर्षण

सडक मर्मतको लागि उद्योग वाणिज्य संघको ध्यानाकर्षण

चितवन , १० साउन
रत्ननगर उद्योग वाणिज्य संघले पूर्वपश्चिम राजमार्गको रत्ननगर क्षेत्रमा सडक बिग्रिएको प्रति सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । तत्काल सडक मर्मतका लागि संघले डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष राजाराम रेग्मी नेतृत्वको टोलीले सडक डिभिजन कार्यालयमा पुगि कार्यवहाक कार्यालय प्रमुख गीताञ्जली कोईरालालाई ध्यानाकर्षण पत्र वुझाएको छ ।

सडक विग्रदा ठुलो दुर्घटना हुने खतरा वढ्नुका साथै धुलाको कारण व्यवसायलाई प्रत्यक्ष असर गरेको भन्दै तत्काल मर्मत गर्न पत्र वुझाएको हो । ध्यानाकर्षण पत्र वुझ्दै इन्जिनियर कोईरालाले मर्मतको काम सुरु भईसकेको वताईन् । पूर्व पश्चिम राजमार्ग सडक मर्मतको काम भरतपुरबाट सुरु भएकाले रत्ननगर,पर्सा हुदै लोथर सम्म मर्मत गरिने वताईन् । संघका अध्यक्ष राजाराम रेग्मीसहित उपाध्यक्षरु भीमनारायण श्रेष्ठ, शंकर गिरी,सदस्यहरु उपेन्द्र आचार्य,पुरु खनाल डिभिजन कार्यालय पुगेका थिए