चितवनमा अस्पताल , प्रहरी , सरकारी वकिल कार्यालय र अदालत आसपाँस प्रदर्शन गर्न रोक

चितवनमा अस्पताल , प्रहरी , सरकारी वकिल कार्यालय र अदालत आसपाँस प्रदर्शन गर्न रोक

चितवन , ९ भदौ

पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका रवि लामिछाने रिहाईको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलन हिजो बेलुका एकाएक उग्र भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले एक आदेश जारी गर्दै जिल्ला प्रहरी कार्यालय , चितवन जिल्ला अदालत र सरकारी वकिलको कार्यालय आसपाँस कुनैपनि प्रदर्शन गर्न नपाउने गरि रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानिय प्रशासन ऐन २०२४ को दफा ६ को ३क बमोजिम चार किल्ला तोकेर उक्त क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन नपाइने आदेश जारी गरेको हो । आज बिहान ६ बजेबाट अर्को सूचना जारी नहुदाँ सम्म उक्त क्षेत्रमा कुनैपनि किसिमको प्रदर्शन गर्न नपाइने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रशासनले पुर्वमा आन्तरिक राजश्व कार्यालयको चोक देखी घरेलु कार्यालयको चोकसम्म , पश्चिममा पूर्व पश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखी चौबिस कोठी चोकसम्म , उत्तरमा आन्तरिक राजश्व कार्यालयको चोकदेखी भरतपुर अस्पताल , नारायणी मा वि चोक , कृषि ज्ञान केन्द्र हुदैँ चौबिसकोठी चोकसम्म , दक्षिणमा घरेलु कार्यालयको चोकदेखी दूरसञ्चार चोक हुदै सप्तगण्डकी अस्तपाल चोकसम्मको क्षेत्रलाई चार किल्ला तोकेको छ ।