चितवनमा बम बिस्फोट हुँदा एकजना घाइते

चितवनमा बम बिस्फोट हुँदा एकजना घाइते

चितवन , ९ भदौ
चितवनको राप्ती न पा ६ को पम्फा खोलामा बम बिस्फोट हुदा एकजना घाइते भएका छन् । पुलको छेउमा राखेको शंकास्पद बस्तु एकजना सर्बसाधारणले समाउदा बिस्फोट भएको हो ।

बिप्लव समुहले आज चितवन बन्द आव्हान गरेकोले उनिहरुले नै बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । बम बिस्फोट हुँदा राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ४३ को राजन सिलवाल घाइते भएका छन् । उनको हात र   छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।