झुवानी महिला सहकारीको साधारण सभा

झुवानी महिला सहकारीको साधारण सभा

असोज ९ गते । रत्ननगर नगरपालिका ५ स्थित झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ । रत्ननगर नगरपालिका उपप्रमुख विमला देवी दुवाडीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शारदा महतोले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक जयन्ती रिजालले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । साधारण सभाको उद्घाटन शत्रमा वोल्दै रत्ननगर नगरपालिका उपप्रमुख दुवाडीले सहकारीहरुले आफ्ना सदस्यहरुको आर्थिक वृद्धीका भुमिका खेल्न आग्रह गरिन् । सहकारीले पैसा किनवेच मात्र गर्ने होईन्,उपप्रमुख दुवाडीले भनिन् सदस्यहरुलाई उद्यमशील वनाउन प्रेरित गर्नु पर्छ । रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतोले वित्तिय साक्षरता भए जिविकोपार्जनमा सहजता मिल्ने वताए । सहकारी संस्थाकी अध्यक्ष सावित्री आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्चना दुवाडीले स्वागत मन्तव्य राखेकी थिईन् ।