देश चलाइरहेका जुनियर पाइलट प्रचण्डलाई चितवनबाट सन्देश दिनुपर्छ : कांग्रेस नेता थापा

देश चलाइरहेका जुनियर पाइलट प्रचण्डलाई चितवनबाट सन्देश दिनुपर्छ : कांग्रेस नेता थापा

चितवन , ११ मंसिर।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देश चलाइरहेका जुनियर पाइलट प्रचण्डलाई चितवनबाट सन्देश दिनुपर्ने बताएका छन् । देश चलाइरहेका सिनियर र जुनियर पाइलटलाई उपनिर्वाचनमा जनताले सन्देश नदिए देश दुर्घटनामा पर्ने थापाले दावी गरे ।

चितवनको खैरहनी ५ को चुनावी सभामा सम्बोधन गर्दै नेता थापले नेकपाका नेताहरु मातेको भन्दै उपनिर्वाचनमा जनताले उनीहरुलाई ठिक ठाँउमा ल्याउनुपर्ने आवश्यक रहेको जिकिर गरे । सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काम गरेको भन्दै उनले आलोचना गरे । सरकारले बनाउन लागेको संवैधानिक परिषद् अहिले भनेको जस्तै आए अदालत र अख्तियार लगायतको संस्था सक्ताको अगाडी झुक्न पर्ने अवस्था आउने भन्दै उनले विरोध जनाए । अहिलेको सरकारले जनताले आफ्नो विचार राख्न पाउने अधिकार समेत कुण्ठित गर्न लागेको बताए ।

नेता थापाले खैरहनी वडा नम्बर ४ र ५ को चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् । खैरहनी ४ मा देव बहादुर बस्नेत र ५ मा प्रतिमा कार्की बस्नेतलाई मतदान गर्न उनले आग्रह गरे ।