नेपाल जेसीजको राष्ट्रिय महाधिवेसन रत्ननगरमा हुने , तयारी तिब्र

चितवन , ११ मंसिर।
नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा हुने भएको छ । रत्ननगरमा यहीँ पुष ९ गतेदेखी १२ गतेसम्म हुने महाधिवेसनको तयारी तिब्र पारिएको छ ।

रत्ननगर जेसिजको अतिथ्यतामा रत्ननगरमा महाधिवेसन हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । महाधिवेसनको तयारी तिब्र पारिएको र कार्यक्रम सफल बनाउन रत्ननगर जेसीजका पुर्व अध्यक्ष पुष्पराज जोशीको संयोजकत्वमा १६ सदस्यीय स्टेरिङ्ग कमिटी , १६ वटा विभिन्न उपसमितीहरु र संस्थापक अध्यक्ष निजामन्द मल्लको संयोजकत्वमा सल्लाहकार समिती गठन गरिएको महाधिवेसन महासचिव निरज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाल जेसीजमा आवद्ध रहेका देशभरका १५१ वटा शाखाका अध्यक्ष , पदाधिकारीहरु , राष्ट्रिय पदाधिकारी , पर्यवेक्षक गरि करिब ३ हजार जना सहभागी हुनेछन् ।

महाधिवेसनको पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गर्ने तयारी रहेको छ । महाधिवेसनबाट १ अध्यक्ष ,४ जा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचनबाट चुनिने छन् । अध्यक्ष पदको लागि ४ जनाको उम्मेदवारी परेको छ भने , राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा १२ जनाको र उपाध्यक्षमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा पर्यटकिय नगरीमा महाधिवेसन हुने भएकाले कार्यक्रममा सहभागीहरुलाई पूर्वीचितवनको विभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकनको व्यवस्था मिलाइने अतिथ्यता शाखा रत्ननगर जेसीजका अध्यक्ष सु्वास पोखरेलले जानकारी दिए । कार्यक्रमको लागि करिब १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।