अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो ( अपडेट )

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो ( अपडेट )

अर्घाखाँची  , ११ मंसिर।
अर्घाखाँचीको सन्धिखर्कमा यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । सन्धिखर्कबाट बुटबलतर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ र ७ को सिमाना नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घघाखाँचीले  जनाएको छ ।

बस करिब दुई सय मिटर तल खसेको थियोे । दुर्घटनामा परि १७ जनाको घटनस्थलमा र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परि अन्य १३ जना घाइते भएका छन् ।