इच्छाकलीले जितिन पेन्टिङको उपाधी
पुष ११ गते । चितवनको सौराहामा जारी हात्ती महोत्सवमा आयोजना गरिएको हात्ती पेन्टिङको उपाधी इच्छाकलीले जितेकी छन् । महोत्सवको दोश्रो दिन शुक्रवार भएको प्रतियोगितामा इच्छाकलीको पेन्टिङ उत्कृष्ठ भएको थियो । प्रतिस्पर्धी ४ वटा हात्तीलाई पछि पार्दै सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीको इच्छाकलीले उपाधि जितेकी हुन । १०० पूर्णाङकमा ८९ दशमलब ६६ अंक ल्याएर इच्छकली प्रथम भएकी थिइन प्रतियोगितामा पर्यटन व्यवसायी गोर्कण गिरीको जयमति कलि द्धितीय र ज्ञानेन्द्रकुमार विष्टको बम्किन कली तृतीय भएका छन । प्रतियोगितामा पिङकीकली र चम्पाकली गरी पाँच वटा हात्तीले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तर्गत हात्तीमा गरिएको पेन्टिङ,आनीबानी,अनुसासन र स्वास्थ्यलाई मुल्याङन गरेर प्रथम,द्धितीय र तृतीय छुट्याइएको थियो । ९ दिन सम्म चल्ने सो महोत्सव अन्तर्गत हात्ती फाष्टवाक,हात्ती सुन्दरी,छावाहरुको फुटवल लगायतका महिला बीच भलिवल,टाँगा,डुंगा दौड प्रतियोगिता हुने महोत्सवका संयोजक राममणी खनालले वताए । क्षेत्रीय होटल संघ नेपाल चितवनले चितवनको पर्यटन विकास गर्ने उद्देश्यले हरेक बर्ष महोत्सव गर्दै आएको छ । भ्रमण बर्ष भएकाले यस बर्षको महोत्सवको अबधि बढाइएर विभिन्न गतिविधी समेत थप गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले वताए । विहीवार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको महोत्सव पुष १८ गते समापन हुनेछ । समापनका दिन प्रदेश ३ सरकारले सौराहाबाटै भ्रमण वर्षको सुरुवात गर्न लागेको क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले वताए ।