कठारका १० जना काग्रेश परित्याग गरि नेकपामा प्रवेश
पुष ११ गते । चितवनको कठारमा विभिन्न पार्टी परित्याग गरि १० जना नेकपामा प्रवेश गरेका छन् । कठारका नेपाली काग्रेशका क्रियाशिल सदस्य रामप्रसाद सेढाईसहित उनीहरु शुक्रवार नेकपामा प्रवेश गरेका हुन् । खैरहनी वडा नम्वर १० र ११ बाट सेढाईसहित १० जना नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनालले अबिर लगायत स्वागत गरेका थिए । नेकपा प्रवेश गर्नेहरुमा रामप्रसाद सेढाई,मगरा महतो , सोम दराई लगायत रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुले नेकपा र वर्तमान सरकारले लिएको लक्ष्य जनताको हित अनुकुल रहेको वताए । सो अवसरमा पूर्व अर्थमन्त्री समेत रहेका नेकपा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुलाई समान व्यवहार गर्दै आवश्यकता अनुसार जिम्मेवार दिने वताए । नेता पाण्डेले नेकपालाई अझ मजबुद वनाउन स्थानीयस्तरबाट क्रियाशिलता वढाउन सुझाव समेत दिए ।