नेपाल जेसिजको अध्यक्षमा अशोक शंकर विजयी
प्रकाशित मिति: शुक्रबार, पौष ११, २०७६ | २३:१४:४४
चितवन , ११ पुष ।
नेपाल जेसिजको अध्यक्षमा अशोक शंकर विजयी भएका छन् । चितवनको रत्ननगरमा भएको ४६ औँ महाधिवेसनबाट अशोक शंकर अध्यक्षमा निर्वाचित भएका हुन् । अशोक शंकर ५ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।
अध्यक्ष पदका प्रतिस्पर्धी अरुणेश्वर खनाल र विकास मानन्धरलाई पछि पार्दै अशोक शंकर विजयी भएका छन् । कुल खसेको १ हजार ५ सय ६५ मतमा अरुणेश्वरले ५ सय २७ मत र विकास मानन्धरले ४ सय ८७ मत ल्याएका थिए ।
मतपरिणाम
प्रकाशित मिति : शुक्रबार, पौष ११, २०७६ |
२३:१४:४४
903