अण्डा उत्पादक संघको अध्यक्ष पदमा के सी र भट्ट भिड्ने

अण्डा उत्पादक संघको अध्यक्ष पदमा के सी र भट्ट भिड्ने

चितवन , ११ साउन
नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्ष पदको लागि २ जनाको उम्मेदवारी पर्ने भएको छ । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टले उम्मेदवारी दिने भएका हुन् । सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि नेतृत्व चयनको लागि निर्वाचन हुने भएको हो ।

शनिबार बिहानसम्म पटक पटक सहमतिको प्रयास गरेता पनि सफल नभएपछि निर्वाचन हुने निश्चित् भएको हो । के सी र भट्ट दुवै बलिया दावेदार हुन् । के सी संघको निवर्तमान अध्यक्ष हुन् भने भट्ट संघको उपाध्यक्ष हुन् । जेठ २४ गते सौराहामा भएको साधारणसभामा संघको अध्यक्ष त्रिलोचन कंडेल प्रति किसानहरुले तिव्र असन्तुष्टि जनाउदै अविश्वासको प्रस्ताव राखेको र कंडेल स्वयम्ले उक्त कार्यक्रममा राजिनामाको घोषणा गरेपछि किसानहरुले शिवराम केसीलाई संघको अध्यक्ष भएको घोषँणा गरेका थिए ।

उक्त घोषँणा विधिसम्वत नभएको र दुवैजनाले आफू अध्यक्ष भएको दावी गर्दा अन्योलता भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा औपचारिक रुपमा विशेष अधिवेसन गरेर नेतृत्व चयन गर्न लागिएको हो । आज हुन लागेको १५ औँ साधारणसाभा तथा बिशेष अधिवेसनमा १ जना अध्यक्ष र ६ जना सदस्य चयन हुने छन् । संघका ६ सय ९७ जनाले निर्वाचनमा मतदान गर्न पाउने छन् ।