अण्डा संघ अधिवेसन अपडेट : अध्यक्षमा २ सहित १४ जनाको उम्मेदवारी

चितवन , ११ साउन

नेपाल अण्डा उत्पादक संघको १५ औ साधारणसभा तथा अधिवेसनमा अध्यक्ष पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टको उम्मेदवारी परेको हो ।

त्यस्तै सदस्यमा १२ जनाको उम्मेदवारी परेको निर्वाचन समितीका संयोजक दिवाकार पौडेलले जानकारी दिए । अधिवेसनले १ अध्यक्ष र ६ जना सदस्य चयन गर्नेछ । अधिवेसनमा दुईवटा प्यानलबिच प्रतिपर्धा हुन लागेको हो । के सी प्यानलबाट सदस्य पदको लागि किरण भुषण ओली , विनोद अधिकारी , भरत कार्की , राजकुमार श्रेष्ठ , ललित जि सी र प्रविण के सी को उम्मेदवारी परेको हो । त्यस्तै भट्टको प्यानलबाट सदस्य पदको लागि मदन चिरञ्जवी पोखरेल , जर्नादन अधिकारी ,पिताम्बर सन्जेल, यम गैरे , सुर्दशन आचार्य र गोकुल पौडेलले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरुको पहिलो सूची प्रकाशन गरिएको र उक्त मनोनयन उपर दावी विरोध , दावीविरोध उपर जाँचबुझ , उम्मेदवारको दोस्रो सूचि प्रकाशन , उम्मेदवारको मनोनयन फिर्ता लिने समय दिएर उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितीका संयोजक पौडेलले बताए । सबै प्रक्रिया पुरा गरेर ३ बजेबाट मतदान सुरु हुने निर्वाचन समितीले जनाएको छ । मतदानलाई व्यवस्थित बनाउन चार वटा बुथ निर्माण गरेर मतदान हुने अधिवेसन व्यवस्थापन समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए । अधिवेसनमा ६ सय ९७ जनाको मतदान अधिकार रहेको दुवाडीले बताए ।