अण्डा उत्पादक संघको मतदान सुरु

अण्डा उत्पादक संघको मतदान सुरु

चितवन , ११ साउन

नेपाल अण्डा उत्पादक संघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । दिउँसो ३ बजेबाट मतदान सुरु भएको हो । कडा सुरक्षाका बिच रत्ननगरको स्टार बैङ्क्युटमा मतदान सुरु भएको छ । मतदान अपरान्ह्र ५.३० सम्म चल्ने निर्वाचन समिती संयोगक दिवाकर पौडेलले जानकारी दिए ।

अपरान्ह्र ५ं.३० सम्म मतदान स्थलभित्र प्रवेश गर्नेले मतदान गर्न पाउने छन् । ६ सय ९७ जनाले मताधिकार प्रयोग गर्न पाउने छन् । १ अध्यक्ष र ६ जना सदस्यको चयनको लागि सुरु भएको निर्वाचनमा अध्यक्षको लागि २ जना र सदस्यको लागि १२ जनाको उम्मेदवार रहेका छन् । अध्यक्षमा शिवराम के सी र रघुनाथ भट्ट मैदानमा छन् ।

के सी प्यानलबाट सदस्य पदको लागि किरण भुषण ओली , विनोद अधिकारी , भरत कार्की , राजकुमार श्रेष्ठ , ललित बहादुर जि सी र प्रविण के सी को उम्मेदवारी परेको हो । त्यस्तै भट्टको प्यानलबाट सदस्य पदको लागि मदन चिरञ्जवी पोखरेल , जर्नादन अधिकारी , पिताम्बर सन्जेल , प्रेमप्रसाद गैरे , सुर्दशन आचार्य र गोकुलनाथ पौडेलले उम्मेदवारी दिएका छन् ।