अण्डा उत्पादक संघको निर्वाचनमा ८४ प्रतिशत मत खस्यो

अण्डा उत्पादक संघको निर्वाचनमा  ८४ प्रतिशत मत खस्यो

चितवन , ११ साउन

नेपाल अण्डा उत्पादक संघको निर्वाचनमा ८४ प्रतिशत मत खसेको छ । संघको आज भएको निर्वाचनमा कुल ६ सय ९७ जना मतदाता रहेकोमा ५ सय ९० मत खसेको निर्वाचन समिती संयोजक दिवाकार पौडेलले जानकारी दिए । १ अध्यक्ष र ६ जना सदस्यको लागि भएको निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचनमा शिवराम के सी र रघुनाथ भट्ट अध्यक्ष पदको प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा के सी र भट्ट नेतृत्वको दुईवटा प्यानलबिच प्रतिपर्धा भएको छ । सदस्य पदमा के सी प्यानलबाट किरण भुषण ओली , विनोद अधिकारी , भरत कार्की , राजकुमार श्रेष्ठ , ललित जि सी , प्रविण के सी र भट्टको प्यानलबाट मदन चिरञ्जवी पोखरेल , जर्नादन अधिकारी , प्रेम सन्जेल , यम गैरे , सुर्दशन आचार्य गोकुल पौडेल प्रतिस्पर्धामा रहेका छन् । मतगणना केहिबेरमा सुरु गर्ने तयारी रहेको निर्वाचन समितीले जनाएको छ ।