स्विमङ पुलमा डुबेर सौराहामा एकजनाको मृत्यु

चितवन , ११ साउन
चितवनको सौराहामा स्विमङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ । रत्ननगर ६ सौराहाको होटल रेन फरेस्टको स्विमङ पुलमा डुबेर आज एकजनाको मृत्यु भएको हो ।

बुढानिलकण्ठ न पा ४ नारायणथान निवासी बर्ष ४८ को छन्द बहादुर थापाको स्विमिङ पुलमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । अपरान्ह्र स्विमिङ पुलमा डुबेर गम्भिर घाइते भएका थापाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।