चितवनमा सिन्धु विकास बैंकका दुई शाखा

चितवनमा सिन्धु विकास बैंकका दुई शाखा

चितवन , १२ असार
सिन्धु विकास बैंकले पूर्वी चितवतनको दुई वटा बजारमा शाखा बिस्तार गरेको छ । चितवनको रत्ननगर र खैरहनीमा बैंकले शाखा बिस्तार गरेको हो । रत्ननगर सौराहा चोकमा बैंकले १७ औँ शाखाको रुपमा टाँडी शाखा र पर्सा बजारमा १८ औँ शाखाको रुपमा पर्सा शाखा बिहिबारदेखी संचालनमा ल्याएको छ ।

टाँडी शाखा कार्यालयको रत्ननगर नगरपालिकामा मेयर नारायण वन र पर्सा खैरहनी शाखाको खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले उद्घाटन गरेका छन् । दुई छुट्टा छुट्टै कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकले सञ्चालन गरेको सेवा,हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । बैंकले २०६७ साल भदौ २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा केन्द्रिय कार्यालय र काभ्रेको बनेपामा कर्पोरेट कार्यालय राखेर कारोबार सुरु गरेको थियो ।