वडा अध्यक्ष कपमा पटिहानी टोल विजयी

वडा अध्यक्ष कपमा पटिहानी टोल विजयी

चितवन , १२ असार
पूर्वीचितवनको खैरहनीमा भएको दोस्रो वडा अध्यक्ष कपमा पटिहानी टोल विकास संस्था विजयी भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको अन्तर टोल विकास संस्था स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा काशिगाँउ विवेकशिल टोल विकास संस्थालाई १ – ० को गोलअन्तरले पराजित गर्दै पटिहानी टोल विकास संस्था विजयी भएको हो ।

विजयी टोल विकास संस्थालाई नगद ७ हजार रुपैँया र प्रमाणपत्र प्रदान गरिएको छ । खेलमा द्धितिय हुने काशिगाँउ विवेकशिल टोल विकास संस्थालाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै अनुशासित रुपमा खेल खेलेको भन्दै हंसेश्वर टोल विकास संस्थालाई नगद २ हजार प्रदान गरिएको वडा नम्बर २ का वडाअध्यक्ष टिकादत्त इटनीले जानकारी दिए । विजयी खेलाडी तथा टोल विकास संस्थाहरुलाई वडा अध्यक्ष मेनेजर चौधरी , रामशरण पाण्डे , समाजेवी शशि खनियाँ लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।