खैरहनीमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

खैरहनीमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

चितवन , ११ कार्तिक
पुर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खादा एकजनाको मृत्यु भएको छ । खैरहनी ८ पर्सा बजारमा राती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल ठोक्किएको थियो ।

ना ६ ख१७४१ नम्बरको बसमा ना ५५ प २१३१ नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालक खैरहनी १ बस्ने बर्ष ३० को अनिल अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।