खैरहनीबाट २० जना जुवाडे पक्राउ

चितवन , ११ कार्तिक
चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलिले खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारीमा गएराती कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

कयर खोलाको छेउमा कोहि नबस्ने एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनिहरुको साथबाट करिब १ लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीले खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ३८ को अर्जुन डल्लाकोटी सोही स्थानका बर्ष ४८ को कुमार डल्लाकोटी , बर्ष ४५ को सुरेश सुबेदी , बर्ष ४४ को राजाराम पन्त ,बर्ष ४८ को मुकुन्दसेन कार्की ,बर्ष २३ को मिलन सुनार , बर्ष ३२ को धुर्ब उप्रेती  , बर्ष ३१ को अर्जुन थापा ,बर्ष ३४ को उमेश सुनार , बर्ष ३९ को राजेन्द्र अर्याल ,बर्ष ३४ को अमृत  बि.क., बर्ष ३२ को प्रदिप पाठक ,बर्ष ३० को बिशाल राना ,बर्ष ३० को जिवन बि.क. ,बर्ष ४३ को प्रेम थापा, बर्ष ५२ को छोटु थापा मगर , बर्ष ३२ को सुमन रोक्का, बर्ष ४० को अर्जुन पुरी ,बर्ष ३० को सन्तोष साह र बर्ष ४५ को राम प्रसाद डल्लाकोटीलाई पक्राउ गरेको छ ।