चितवनको भरतपुरबाट २० जना जुवाडे पक्राउ , चार लाख बढी बरामद

चितवनको भरतपुरबाट २० जना जुवाडे पक्राउ , चार लाख बढी  बरामद

चितवन , ११ कार्तिक।

चितवनको भरतपुरबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट प्रहरीले ४ लाख १२ हजार ४ सय रुपैयाँ बरामद गरेको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ महेन्द्र चोकबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । महिनी पार्टी प्यालेसमा कौडा खेलिरहेका उनिहरुलाई गएराती पक्राउ गरिएको र उनीहरुको साथबाट नगद ३ लाख ८४ हजार १ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले चितवन जिल्ला भरतपुर ८ बस्ने बर्ष ४२ को कुल बहादुर भुजेल ,भरतपुर १५ बस्ने बर्ष ३५ को किशन बहादुर आले , भरतपुर १४ बस्ने बर्ष ४४ को मदन हरि अधिकारी ,भरतपुर १४ बस्ने बर्ष ५१ को सुशिल सिलवाल ,भरतपुर ६ बस्ने बर्ष ५० को कृष्ण हरि धिताल , भरतपुर ८ बस्ने बर्ष ३८ को बिष्णु प्रसाद देवकोटा , भरतपुर १५ बस्ने बर्ष ३० को सागर पौडेल ,भरतपुर १४ बस्ने बर्ष ४९ को हरि प्रसाद पौडेल ,भरतपुर १४ बस्ने बर्ष ४६ को अन्तराज पोख्रेल ,भरतपुर १४ बस्ने बर्ष ५४ को अनन्त अधिकारी ,भरतपुर १५ बस्ने बर्ष २६ को जलन मगर , बर्दिया जिल्ला बांसबारी ५ बस्ने बर्ष ४४ को राम बहादुर घर्तीलाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले गएराती नै भरतपुर महानगरपालिका ३ कमलनगरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । कमलगर स्थित शान्तिदेवीको घरमा डेरा गरि बस्ने शिवजि यादव र सुधीर महतोको कोठामा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २८ हजार ३ सय रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सर्लाही जिल्ला ईश्वरपुर ११ बस्ने बर्ष ३२ को राम चन्द्र चौधरी , ईश्वरपुर ९ बस्ने बर्ष ३४ को भरत चौधरी , सोही स्थान निवासी बर्ष २८ को सुधिर महतो ,ईश्वरपुर ११ कै बर्ष ३२ को प्रभु चौधरी , रौतहट जिल्ला भटेर्वा गाउँपालिका ९ बस्ने बर्ष ५० को राम दयाल साह , भारत घर भएका बर्ष ३७ को शिवजी यादव , भरत घर भएका बर्ष २८ को श्याम सुन्दर पाण्डे , भारत घर भएका बर्ष ३० को सम्सुल हक पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।