गजुरेलले संकलन गरेको रकम रंगशाला निर्माण प्रदान
पुष १२ गते । खैरहनीका सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल मार्फत संकलन भएको एक लाख भन्दा वढि रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको छ । चितवन भरतपुरको रामपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि १ लाख १५ हजार ९ सय ५४ रुपैया हस्तान्तरण गरिएको हो । सो रकम शनिवार रंगशाला निर्माणस्थलमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) लाई गजुरेल लगायतको टोलीले सयुक्त रुपमा हस्तान्तरण गरे । देश विदेशमा रहेका ३३ जना नेपालीहरुले विभिन्न अवसर पारेर गजुरेललाई रंगशाला निर्माणका लागि सो रकम संकलन पठाएका थिए । खैरहनी माध्यमिक विद्यालयमा स्थापित अक्षयकोषमा एक करोड संकलन गरिसकेका गजुरेलले अव आफ्नो ध्यान रंगशाला निर्माणमा लगाउने वताए । रंगशाला निर्माणका लागि निरन्तर सहयोग संकलन गर्ने उल्लेख गर्दै खैरहनी ८ पर्साका सामाजिक अभियन्ता गजुरेलले सवै नेपाली मिलेर गौरवको आयोजना सम्पन्न गर्नु पर्ने वताए । सहयोग ग्रहण गर्दै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले रंगशाला निर्माणका लागि चितवनवासी विस्तार तात्दै गईरहेको वताए । कट्टेलले यो भनिरहँदा चितवनबाट भने खासै सहयोग जुट्न सकिरहेको छैन् । रंगशाला निर्माणका लागि चितवनवासीनै तात्नु पर्छ कट्टेलले भने – चितवनको सन्देश देशभर फैलाएर तोकिएकै मितिमा निर्माण सम्पन्न गर्नका लागि सहयोग आवश्यक छ । सहयोग रकम हस्तान्तरणका लागि गजुरेलसंगै खैरहनीका व्यवसायी उत्तम अधिकारी,अनिल कुँवर,अजय रावल,तुलसीराम कडेंल,रामप्रसाद सापकोटा,नारायण न्यौपाने,राजु सेढाई रंगशाला पुगेका थिए । रामपुरमा करिव २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा झन्डै ३ अर्बको लागतमा रंगशाला निर्माण गरिदै छ ।