नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा केसी , केसीको प्यानल सबै निर्वाचित

नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा केसी , केसीको प्यानल सबै निर्वाचित

चितवन , १२ साउन
नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम के सी निर्वाचित भएका छन् । शनिबार चितवनको रत्ननगरमा भएको १५ औँ बिशेष साधारणसभा तथा अधिवेसनबाट के सी अध्यक्षमा निर्वाचित भएका हुन् । राति अवेरसम्म चलेको मतगणनाको मतपरिणाममा आफ्ना प्रतिस्पर्धीलाई २ सय १४ को फराकिलो मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । कुल खसेको ५ सय ९० मतमा केसीले ३ सय ९७ मत ल्याए भने उनका प्रतिद्धन्दी रघुनाथ भट्टले जम्मा १ सय ८३ मत प्राप्त गरेका थिए ।

त्यस्तै सदस्यहरुमा किरण भूषण ओली , प्रविण केसी , विनाृद अधिकारी , भरत कार्की , राजकुमार श्रेष्ठ र ललित बहादुर जिसी निर्वाचित भएका छन् । केसी र भट्ट नेतृत्वको दुई प्यानल निर्वाचनमा भिडेको सबै जना केसी प्यानलको बिजयी भएका हुन् । बिजयी सबैलाई आइतबार बिहानै बिशेष साधारणसभा व्यवस्थापन समितीका संयोजक भेषराज दुवाडीले सपथ ग्रहण गराएका थिए । त्यस्तै निर्वाचन अधिकृत दिवाकार पौडेलले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।