इलाका प्रहरी कार्यालय टाँडीमा रिमाल

इलाका प्रहरी कार्यालय टाँडीमा रिमाल

चितवन , ११ भदौ
चितवनको इलाका प्रहरी कार्यालय टाँडीको प्रमुखको रुपमा प्रहरी नायव उपरिक्षक (डिएसपी) भावेष रिमाल आएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो निर्णय अनुसार रिमाल टाँडी सरुवा भएर आएका हुन् । यसअघि टाँडीमा कार्यरत डिएसपी सन्तोष आचार्यको काठमाडौ सरुवा भएको छ ।

आचार्य करिव साँढे ३ महिनाको छोटो अवधिमा प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग सरुवा भएका हुन् । बुधवार नगरका समाजसेवी,युवाहरुको एक टोलीले नयाँ डिएसपी रिमाललाई स्वागत र सरुवा भएका डिएसपी आचार्यको विदाई गरिएको छ । विदाई कार्यक्रममा सरुवा भएका डिएसपी आचार्यले छोटो समयमा पनि यहाँका नागरीक समुदाय,जनप्रतिनिधीहरुबाट राम्रो सहयोग पाएको भन्दै धन्यवाद दिए ।

डिएसपी आचार्यको कार्यकालमा इलाका प्रहरी कार्यालयको स्तरोन्नती गर्ने काम भएको छ भने विद्यालय,कलेज,क्याम्पसहरुमा सचेतना मुलक कार्यक्रमलाई व्यापता दिएका थिए । नयाँ डिएसपी रिमालले सहकर्मीले पुरा गर्न वाँकी काम सम्पन्न गर्ने उल्लेख गर्दै स्पष्ट वोल्ने र प्रष्ट काम गर्ने प्रतिवद्धता जनाए । विदाइ तथा स्वागत कार्यक्रममा समाजसेवीहरु प्रेमनाथ दुवाडी,दिपक पौडेल,प्रताप डल्लाकोटी,सरोज भण्डारी लगायत इलाका प्रहरी कार्यालय खैरहनी,इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।