चितवनमा ज्ञानेन्द्र शाही माथी आक्रमण,उपचारका लागि काठमाडौ लगियो ( भिडियो सहित )

चितवनमा ज्ञानेन्द्र शाही माथी आक्रमण,उपचारका लागि काठमाडौ लगियो ( भिडियो सहित )

चितवन , ११  असोज

भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा चिनिने ज्ञानेन्द्र शाहीमाथी चितवनमा आक्रमण भएको छ । चितवन उनले गर्न लागेको एक कार्यक्रम जाने क्रममा उनी माथी आक्रमण भएको हो । अज्ञात समुहले उनी माथी आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई उद्धार गरि चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचार र सुरक्षाका लागि काठमाडौ पठाईएको चितवन प्रहरीले जानकारी दिएको छ । उनले नेपालका लागि नेपाली कार्यक्रम नामक चितवनको चौविसकोठीमा कार्यक्रम गर्न लागेका थिए ।

भिडियो हेर्नुस्    https://www.youtube.com/watch?v=joF-nh4DAQE