टिभिएस दौडको उपाधी युनिशले जिते

असोज ११ गते । पूर्वी चितवनको खैरहनीमा जयभोले बाबा इन्जिनियरिङ एण्ड सेल्सले आयोजना गरेको दौड प्रतियोगितामा यूनिस आले मगर प्रथम भएका छन् । टिभिएस मोटरसाईकलको आधिकारीक विक्रेता जयभोले बाबा इन्जिनियरिङ एण्ड सेल्सले दशैको अवसरसंगै डेंगो रोग विरुद्ध सचेतना दिन दौड प्रतियोगिता आयोजना गरेको हो । ३ किलो मिटरको दुरी आलेमगरले १२ मिनेट ६ सेकेन्डमा पुरा गरे । अमृत वोट द्धितिय ,सागर श्रेष्ठ तृतिय हुँदा ८ वर्षिय वालक आरफ प्रधानले सान्त्वना स्थान हासिल गरे । वालक प्रधानले पुरै मिटर दुरी दौडिन सफल भए । प्रथम भएका आलेले टिभिएसको मोटरसाईकल खरिद गर्दा १५ हजार छुटसहित नगद ५ हजार रुपैया,द्धितिय हुने बोटले १० हजार छुटसहित नगद ३ हजार ५ सय,तृतिय भएका श्रेष्ठले ७ हजार छुटसहित नगद २ हजार र सान्त्वना भएका वालक प्रधानले नगद ५ सय रुपैया प्राप्त गरेको जयभोले बाबा इन्जिनियरिङ एण्ड सेल्सका प्रोप्राईटर धनबीर चौधरीले जानकारी दिए । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले उद्घाटन गरेको दौडका विजयीहरुलाई खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा,इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख धनदेव साउद र जयभोले बाबा इन्जिनियरिङ एण्ड सेल्सका प्रोप्राईटर चौधरीले पुरस्कार प्रदान गरे ।