एकल महिलालाई वनले वाड्यो भत्ता

एकल महिलालाई वनले वाड्यो भत्ता

असोज ११ गते । चितवनको राप्ती नगरपालिका ९ मा रहेको अमृतधारापानी सामुदायिक वन उपभोक्ता समुहले एकल महिलाहरुलाई भत्ता वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षदेखी सो वनले एकल महिलालाई भत्ता वितरण सुरु गरेको हो । वनको कार्यालयमा शनिवार एक कार्यक्रमका बीच राप्ती नगरपालिका प्रमुख प्रभा वरालले एकल महिलालाई भत्ता वितरणको सुरुवात गरिन् । सो अवसरमा नगर प्रमुख वरालले वनको यो कार्यले समाजमा सकारात्मक सन्देश गएको वताईन् । वनका कार्यालय सचिव लेखप्रसाद खरेलका अनुसार १ हजार ५ सय दरले भत्ता वितरण सुरु गरिएको हो । अमृतधारापानी वनको सेवा क्षेत्र भित्र रहेका करिव १ सय २० जना एक महिलालाई भत्ता वितरण गरिने उनले वताए । वनका अध्यक्ष प्रेम वहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती ९ का वडाध्यक्ष देवेन्द्र लामा,कार्यपालिका सदस्य आईतीदेवी दराई,वडा सदस्य रामकुमार सुवेदी लगायतको उपस्थिती रहेको थियो । यस अघि सो सामुदायिक वनले वृद्धवृद्धालाई भत्ता वाड्नुको साथै द्धन्द्ध पीडित,अशक्त भएकाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै आफ्ना उपभोक्ताको आयआर्जन वृद्धीका लागि बीउ पुँजीसहित ठेलागाढा समेत सहयोग गर्दै आएको कार्यालय सचिव खरेलले वताए ।