चितवनको सिद्धिका चेपाङमा आयो परिर्वतन

चितवनको सिद्धिका चेपाङमा आयो परिर्वतन

चितवन ११ असोज । सपना भिलेज सोसल इम्प्याक्टले गरेको कामले सिद्धिमा परिर्वतन आएको छ । चेपाङहरु पौरखी बनेका छन । चेपाङहरुमा आयआर्जनको ढोका खुलेको छ । घर व्यवस्थान गरेका छन । तीन बर्षको अथक प्रयास पछि चेपाङहरु कष्टकर जीवनयापनबाट माथी उठेका छन । चेपाङ समुदायको परिवर्तनका लागि चितवनको सिद्धिमा संचालित प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाको चेपाङहरुको जीवनशैलीमा परिर्वतन गर्दे समयावधि सकिएको छ । सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले वि.सं. २०७३ सालमा यो परियोजना सुरु गरेको थियो । कालिका नगरपालिका १० स्थित मझवाङ माध्यमिक विद्यालयमा शनिवार एक समारोहका बीच परियोजना अन्र्तगत संचालित प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम समापन गरिएको हो । चेपाङ समुदायमा चेतनाको स्तर वृद्धी गरि प्रत्यक्ष जीवनमा परिवर्तन गर्ने उदेश्यसहित परियोजनाले साविक सिद्धी गाविस अर्थात कालिका नगरपालिका वडा नम्वर १० र ११ मा काम गरेको थियो । यस क्षेत्रका स्थानीयको जीवन परिवर्तनका लागि सोही समुदायबीचनै प्रतिस्पर्धा गराईएको थियो । सिद्धीमा वसोवास गर्ने उनीहरुको सरसफाई,घरको अवस्था,करेसावारी,शौचालयको अवस्था,विद्यार्थीको पढाई लगायतका क्षेत्र कमजोर रहेको पाईएपछि सपना भिलेज सोसियल इम्प्याक्टले नगरपालिकासंग सहकार्य गरेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन परियोजना संचालन गरेको हो । परियोजनाले सरसफाई,घर,करेसावारी,शिक्षा,स्वास्थ्य लगायतका परिवर्तन आएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले वताए । चेतनाको कमीका कारण यहाँका विषेशत चेपाङ समुदायको अवस्था दयनिय थियो इम्प्याक्टका अध्यक्ष गिरीले भने – बाटो देखाउने काम भएको छ,अव कसरी अगाडी वढ्ने भन्ने कुरामा यहीकै स्थानीयमा भर पर्छ । परियोजना अन्र्तगत आयोजित अन्तर घर प्रतियोगिता,अन्तर आमा समुह,उत्कृष्ठ किसान र उत्कृष्ठ २ कर्मचारीलाई समापनका अवसरमा पुरस्कृत गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतले वताए । परियोजनाले कालिका १० र ११ मा १५ वटा उपसमुह वनाएर प्रतिस्पर्धा गराएको थियो । जस अन्र्तगत समापनका अवसरमा ७५ घर,३ वटा आमा समुह,उत्कृष्ठ किसानहरु(फलफुल,मौरी,बोका र खोर सुधार ) गर्नेहरुलाई नगदसहित पुरस्कृत गरिएको कार्यक्रम निर्देशक वस्नेतले वताए । प्रतिनिधी सभा सदस्य एवंम् संसदको कानुन,न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा विजयीहरुलाई पुरस्कृत गरिएको हो । समापन समारोहमा प्रदेश सांसद घनश्याम दाहाल,कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ,इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ लगायतको उपस्थिती थियो । समापन कार्यक्रममा वोल्दै उनीहरुले परियोजनाले यहाँका समुदायलाई बाटो देखाउने काम गरेको उल्लेख गर्दै आफ्नो जिविकोपार्जन,आर्थिक वृद्धीका लागि सक्रिय हुनु पर्नेमा जोड दिए । सोसियल इम्प्याक्टका कार्यक्रम संयोजक अनिल अर्यालका अनुसार परियोजना संचालनको प्रत्येक ६ ,६ महिनामा यहाँका अन्तर घर,अन्तर टोल,अन्तर विद्यालय,अन्तर निर्णायक,अन्तर स्वास्थ्यकर्मी लगायतलाई समेत पुरस्कृत गरिएको थियो । सिद्धीमा ९० प्रतिशत चेपाङ समुदायको वसोवास छ । चेपाङलाई सिमान्तकृत समुदायको रुपमा चिनिने गरिएको छ ।