आयआर्जनका लागि सन्तोषले पाए सुलभ कर्जामा अटो रिक्सा
पुष १३ गते । नमुना वस्तीको रुपमा विकास भएको रत्ननगर ८ चित्रसारी स्थित माझी मुसहर टोलका सन्तोष माझीको आयआर्जनका लागि अटो रिक्सा हस्तान्तरण गरिएको छ । लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका कार्यक्षेत्र संयोजक सिंह वहादुर लामाको समन्वयमा अनुसी अटो टे«डर्सले विना धितो अटो रिक्सा हस्तान्तरण गरेको हो । अटोका लागि उनले ५ लाख ८० हजार रुपैया तिर्नु पर्नेछ । तर १ लाख ८० हजार रुपैया अग्रिम भुक्तानी गरेर मासिक रुपमा तिर्ने गरि अटो प्रदान गरिएको अनुसी अटो टे«डर्सका संचालक होमनाथ पौडेलले वताए । उनका अनुसार टे«डर्सको विपन्न लक्षित कार्यक्रम अन्र्तगत सुलभ कर्जामा अटो प्रदान गरिएको हो । आईतवार एक कार्यक्रमका बीच रत्ननगर ८ का वडाध्यक्ष विनोद वस्नेतको प्रमुख आतिथ्यतामा अटो हस्तान्तरण गरिएको थियो । माझी मुसहर टोल विकास संस्थाकी अध्यक्ष बासमती माझीको अध्यक्षतामा भएको कार्यक्रममा लुमन्तीका संयोजक सिंह वहादुर लामा,रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख विश्वास श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सो समुदायमा २४ घरधुरी रहेका छन् । त्यस मध्ये २० जनाले ऋण लिएर घर वनाएका छन् भने १ जनाको घर गायक मिलन लामाले वनाई दिएका छन् ३ जनाले भने आफैले पक्की घर वनाएका छन् । सो वस्तीमा सवैको घर पक्की छ । आयआर्जनका लागि त्यहाँका स्थानीय ज्याला मजदुरी गर्दै आएका छन् ।