सिराहको मालपोतमा अख्तियारको छापा , घुस सहित नायब सुब्बा पक्राउ

सिराहको मालपोतमा अख्तियारको छापा , घुस सहित नायब सुब्बा पक्राउ

सिरहा , १३ साउन
सिरहाको मालपोत कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ । टोली छापा मार्दा पाँच हजार नगद घुस सहित नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवास महोत्तरीबाट खटिएको टोलीले सिरहाको मालपोत कार्यालयमा छापा मारेर नायब सुब्बालाई रंगे हात पक्राउ गरेको हो ।

टोलीले एकजना लेखनदासलाई समेत पक्राउ गरेको छ । सिरहा मालपोत कार्यालयमा कार्यरत ४०वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका – ३ घर भएका लेखनदास ४३ वर्षीय राजवंशी चौधरी लाई पक्राउ गरिएको हो । उनीहरु दुवै उपर थप अनुसन्धान भईरहेको छ ।