एक लाख रुपैँया घुस सहित जनस्वास्थ्य अधिकृत पक्राउ

एक लाख रुपैँया घुस सहित जनस्वास्थ्य अधिकृत पक्राउ

काठमाण्डौ , १३ साउन

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले जनस्वास्थ्य अधिकृत राम अवतार गुप्तालार्ई एक लाख घुर रकम सहित काठमाण्डौको बबरमहलबाट पक्राउ गरेको हो ।

जनचेतनामुलक सामग्रिहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत घुस माग गरीरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले गुप्तालाई एक लाख रुपैँया घुस वापतको रकम लिइसकेको अवस्थामा काठमाण्डौ महानगरपालिका वडा नं ११ बबरमहल स्थित बन विभागको परिसरबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।