बाघको आहार प्रजातिको घनत्व घट्यो

बाघको आहार प्रजातिको घनत्व घट्यो

चितवन , १३ साउन

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहार प्रजातिको जनावरको घनत्व घटेको छ । सरकारले सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य अनुरुप काम गरिरहेको बेला चितवनमा बाघको आहार प्रजातिको घनत्वमा केहि कमी आएको तथ्याङक बाहिर आएको हो ।

बाघ दिवसको अवसर पारेर चितवनको सौराहामा सोमबार चितवन, नवलपुर, पर्सा, मकवानपुरका जनप्रतिनिधीहरुसँग चितवन राष्ट्रिय निकुञ्जमा बाघको संरक्षणका लागि भएका प्रयासका बारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बावुराम लामिछानेले बाघको आहार प्रजातिको घनत्वमा अघिल्लो बर्षभन्दा केहि कमी देखिएता पनि बाघलाई पुग्ने प्रयाप्त आहार रहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो बर्ष ७२.६ जनावर प्रति वर्ग किलोमिर रहेकोमा अहिले कम भएर ७०.७ जनावर प्रति वर्ग किलोमिटर भएको पाइएको छ । अध्ययन गरेको सिजन फरक फरक भएकाले पनि तथ्याङकमा केहि कमी देखिएको उनको दावी छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९३ वटा बाघ रहेको र चितवन पर्सा बाल्मिकी क्षेत्रमा १५० वटा बाघ रहेको छ । सन् २०१३ मा १२० वटा बाघ भएको चितवन राष्ट्रिय निकुञ्जमा २०१८ मा जम्मा ९३ वटा बाघको देखिएको थियो । सन् २०१८ मा ९३ वटा बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो आर्थिक बर्ष २०७५÷७६ मा ८ वटा बाघको मृत्यु भएको छ ।