सस्तो फर्निचर प्रालिमा ७ लाखको सोफा

असोज १२ गते । मानब जीवनमा बड्दो बिलाशितालाई ध्यान दिदै चितवनको रत्ननगर ३ मा रहेका सस्तो फर्निचर प्रालिले नेपाली बजारमा रोयल सोफा भित्र्याएको छ । चितवनको बजारलाई लक्षित गरेर चितवनको रत्ननगरमा रहेको सस्तो फर्निचर प्रालिले ७ लाख मुल्य पर्ने रोयल सोफा वजारमा ल्याएको हो । नेपाली बजारमा कहि कतै पाउने भएपनि चितवनको बजारमा भने पहिलो पटक सस्तो फर्निचरले भित्राएको सञ्चालक अनिल अधिकारीको दावी छ । बिगत दश बर्ष देखि फर्निचर ब्यबसाय गर्दै आएका अधिकारीले अन्तराष्ट्रिय बजारबाटनै रोयल सोफा बजारमा भित्राएका हुन । नेपाली बजारमा रोयल सोफाको माग न्युन रहे पनि मागको आधारमा नेपाली बजारमा आफुले ल्याउने उन वताए । हाल नेपाली बजारमा सामान्य किसिमका सोफा सेटहरु प्रयोगमा रहेका छन् । अधिकारीले सञ्चालन गरको सस्तो फर्निचरमा आफ्नै उत्पादन देखि अन्तराष्ट्रिय बजार सम्मको बस्तुलाई राखिएको छ । हाल उनको फर्निचरमा घर, अफिस, रेष्टुरेन्ट तथा अस्पताको लागि आबश्यक पर्ने फर्निचरका सामग्री रहेका छन् । अधिकारीले टाँडी चोकबाट सञ्चालन गर्दै आएको फर्निचर आईतवारदेखी रत्ननगरको बिद्युत रोडमा आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँ व्यवस्थापनसंगै यो फर्निचर प्रालिमा करिव ३ करोड लगानी भएको अधिकारीको दावी छ । सस्तो फर्निचर प्रालिको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरे ।