युवा पत्रकार खनाल सम्मानित

युवा पत्रकार खनाल सम्मानित

असोज १२ गते । चितवनका युवा पत्रकार धु्रवराज खनाललाई युनिक वचत तथा ऋण सहकारी संस्थाले आईतवार सम्मान गरेको छ । चितवनको रत्ननगर मुख्य कार्यालय रहेको युनिक वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारण सभाका अवसरमा आईतवार खनाललाई सम्मान गरेको हो । पत्रकारीता मार्फत सहकारी सम्र्वद्धन तथा विकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै पत्रकार खनाललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका मेयर नारायण वन,संस्थाका अध्यक्ष हरिभक्त घिमिरे,पुर्व अध्यक्ष कोमलचन्द्र खनालले पत्रकार खनाललाई दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरेका थिए । पत्रकार खनाल डेढ दशकदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् । पूर्वी चितवन पत्रकार संघका सचिव समेत रहेका खनाल चितवनको कायाकैरन दैनिक र मकालु खवर अनलाईनमा कार्यरत छन् । साधारण सभाकै अवसरमा सहकारीका जेष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका कार्यकारी प्रमुख अधिकृत मेघनाथ लामिछानेले संस्थाले गत वर्ष गरेको प्रगतिको विवरण प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लामिछानेले गत वर्ष सो सहकारीले ४ करोड मुनाफा गरेको वताए ।