चितवनमा शान्तिपूर्ण रुपमा मतदान जारी , २५ प्रतिशत मत खस्यो (अपडेट)

चितवन , १४ मंसिर।
उपनिर्वाचन अन्तर्गत चितवनमा भइरहेको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । बिहान १० बजेसम्ममा चितवनमा २५ प्रतिशत मत खसेको छ । भरतपुर १६ मा २४ प्रतिशत , खैरहनी ४ मा ३१ प्रतिशत र खैरहनी ५ मा २२ प्रतिशत मत खसेको छ ।

भरतपुर १६ मा कुल आठ हजार ५ सय ४० मतदाता रहेकोमा अहिलेसम्म दुईहजार ९० मत खसेको छ भने , खैरहनी ४ मा दुई हजार ५ सय १२ मतदाता रहेकोमा सात सय ९४ मत र खैरहनी ५ मा दुई हजार १ सय ११ मतदाता रहेकोमा चार सय ७७ मत खसेको छ । मतदानलाई सुरक्षित बनाउन मतदान स्थल र आसपाँसको क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् ।