चितवन ७५.९७ प्रतिशत मतखस्यो , मतगणनाको तयारी हुँदै

चितवन ७५.९७ प्रतिशत मतखस्यो , मतगणनाको तयारी हुँदै

चितवन , १४ मंसिर।
चितवनमा आज भएको उपनिर्वाचनमा कुल ७५.९७ प्रतिशत मत खसेको छ । कुल १३ हजार २ सय ८४ मतदाता रहेकोमा १० हजार ९२ मत खसेको हो ।

भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको छ । त्यस्तै खैरहनी ४ मा कुल २ हजार ६ सय ९२ मतदाता रहेकोमा २ हजार १ सय ७२ र खैरहनी ५ मा कुल २ हजार १ सय ११ मतदातामा १ हजार ६ सय ७० मत खसेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ , खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा वडा अध्यक्ष पदको लागि भएको मतदान शान्तिपूर्ण रुपमा सकिएको हो ।

मतदान सकिए लगत्तै मतपेटिकाहरु मतगणना स्थलमा पुर्याइएको छ । भरतपुर १६ को मतगणना मुख्यनिर्वाचन अधिकृतको कार्यालय भरतपुरमा र खैरहनी ४ र ५ को निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा मतगणनाको तयारी भइरहेको छ ।