चितवनमा मतगणना सुरु , तारजालीभित्र गणना हुँदै

चितवनमा मतगणना सुरु , तारजालीभित्र गणना हुँदै

चितवन , १४ मंसिर। 
चितवनको भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ को वडा अध्यक्ष पदको लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो ।

भरतपुर १६ को भरतपुर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र खैरहनीको खैरहनी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गर्न सुरु गरिएको छ ।मतगणना सुरिक्षत तवरले गर्न मतगणना स्थल तारजालीले घेरिएको छ भने सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती रहेको छ ।