जेसिजको महाधिवेशनमा चितवन आएका काभ्रेका युवा मृत फेला
प्रकाशित मिति: सोमबार, पौष १४, २०७६ | ९:२६:४९
चितवन , १४ पुस ।
चितवनको रत्ननगरमा एक युवाको शव फेला परेको छ । काभ्रे जिल्ला घर भएका कृष्णकुमार मानन्धर मृत अवस्थामा फेला परेका छन् ।
रत्ननगरमा भएको नेपाल जेसिजको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका फेला परेको हो । शुक्रबारबाट हराइरहेका मानन्धरको शव रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायव उपरीक्षक भावेस रिमालले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, पौष १४, २०७६ |
९:२६:४९
1343