चितवनमा काटिएको हात भेटियो , अनुसन्धान हुँदै
प्रकाशित मिति: सोमबार, पौष १४, २०७६ | १६:११:४४
चितवन , १४ पुस।
चितवनको भरतपुरमा मानिसको काटिएको हात फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चौबिसकोठी चोक नजिकको काटिएको हात फेला परेको हो ।
काटिएको हात फेला परेको र त्यसको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, पौष १४, २०७६ |
१६:११:४४
1849