राप्ती ४ का टोल विकास संस्थालाई फर्निचर सहयोग
प्रकाशित मिति: सोमबार, पौष १४, २०७६ | २१:२४:२७
पुष १४ गते । पूर्वी चितवनको राप्ती नगरपालिका ४ भित्र रहेका टोल विकास संस्थाहरुलाई फर्चिनर सहयोग गरिएको छ । संस्थाको कार्य सम्पादनमा सहजता प्रदान गर्न फर्निचर सहयोग गरिएको राप्ती ४ का वडाध्यक्ष शमशेर लामाले जानकारी दिए । प्रत्येक टोल विकास संस्थालाई एक एक थान टेवल सहयोग गरिएको हो । चालु आर्थिक वर्षको वजेटबाट टेवल सहयोग गरिएको वडाध्यक्ष लामाले वताए । राप्ती ४ भित्र ९ वटा टोल विकास संस्था छन् । राप्ती ४ वडा कार्यालयले यसै वर्ष विपन्न एक सय परिवारको स्वास्थ्य बीमा गरिसकेको छ । त्यस्तै विपन्न लक्षित शीप मुलक तालिम,विद्यालयमा खाजा कार्यक्रम पनि समावेश गरिएको छ ।
प्रकाशित मिति : सोमबार, पौष १४, २०७६ |
२१:२४:२७
2333