लागुऔषधको मुद्धा मिलाइदिन्छु भन्ने दुईजना प्रहरीको फन्दामा

लागुऔषधको मुद्धा मिलाइदिन्छु भन्ने दुईजना प्रहरीको फन्दामा

चितवन , १३ साउन
चितवनमा लागुऔषधको मुद्धा मिलाइदिन्छु भन्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । लागुऔषध खैरो हेरोइन सहित पक्राउ परेका भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्ने सन्तोष सिकारीको मुद्धा मिलाइ दिने भन्दै सिकारीको श्रीमतीसँग करिब ८ लाख रुपैयाँ ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

मुद्धा मिलाइदिने भन्दै सिकारीको श्रीमती सँग नगद पाँच लाख पचाँस हजार रुपैयाँ र १० तोला सुन समेत गरी करिब आठ लाख रुपैँया ठगी गर्नेे भरतपुर महानगरपालिका वडा नं.१० बस्ने बर्ष २३ को सागर क्षेत्री र सोहि स्थान बस्ने बर्ष ३४ को दिपेन्द्र पण्डितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकरी दिए । पक्राउ परेका दुवैजनलाई सोमबार ठगी कसूरमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।