खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

चितवन , १४ साउन
चितवनको खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ परेका छन् । रत्ननगर ११ स्थित खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने रत्ननगर १० निवासी बर्ष १८ को बिक्रम तामाङ र सोही स्थानका बर्ष २६ को साहिला बि क पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले बिजुलीको नाङ्गो तारमा हुकिङ गरेर खोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।