चितवनमा कौडा खेल्ने ११ जना पक्राउ

चितवनमा कौडा खेल्ने ११ जना पक्राउ

चितवन , १४ साउन

चितवनमा कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् । ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौडा र जिल्ला प्रहरी कार्यालयको टोलीले भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरबाट कौडा खेलिरहेको अवस्थामा ११ जनालाई करिब ३ लाख रुपैँया सहित पक्राउ गरेको हो ।

मंगलपुरको दराई टोल स्थित शैलेन्द्र श्रेष्ठको डेराकोठामा कौडा खेलिरहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ३१ थान कौँडा र २ लाख ९३ हजार ३ सय ५० रुपैँया बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने वर्ष ४६ को शैलेन्द्र श्रेष्ठ , वडा नं. २० बस्ने वर्ष ३६ को राजु थापा , बर्ष ४३ को गोविन्द श्रेष्ठ , वडा नं. ४ बस्ने वर्ष ३० को रवि कुमार गुप्ता , वडा नं. १० बस्ने वर्ष ४३ को पदम लामा , वडा नं. १८ बस्ने वर्ष ४० को शालिकराम रेग्मी , वडा नं. १५ बस्ने वर्ष ४० को विर बहादुर लामा , चितवनकै राप्ती नगरपालिका वडा नं. ४ बस्ने वर्ष ६७ को कृष्ण प्रसाद तिमिल्सिना , वडा नं. ५ बस्ने वर्ष २५ को मन्दिप धरेल , चितवनकै रत्ननगर नगरपालिका वडा नं. १३ बस्ने वर्ष ४० को कुमार गुरुङ र. नवलपरासी जिल्ला गैडाकोट नगरपालिका वडा नं. १ बस्ने वर्ष ४८ को मनिलाल गौतमलाई पक्राउ गरेको प्रवक्ता कोइरालाले बताए । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्र्रहरीले जनाएको छ ।