चितवनमा एक बालिका बलात्कृत , बलात्कार गर्ने पक्राउ

चितवनमा एक बालिका बलात्कृत , बलात्कार गर्ने पक्राउ

चितवन , १४ साउन
चितवनमा सोमबार एक बालिकाको बलात्कार भएको छ । १२ बर्षिय बालिका बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ । बालिकालाई ललाई फकाई कोठामा लगि जबरजस्ती करणी गर्ने भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने बर्ष ३५ को हरि श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई सोमबार भरतपुर ३ नगरवन क्षेत्रबाट फक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई जवरजस्ती करणी मुद्धामा म्याद लिई थप अनुसन्धान कार्य भई प्रहरीले जनाएको छ ।