विद्यार्थीको अल्टिमेटमको वास्ता गरेन सिएमसिले, विद्यार्थी पुन आन्दोलित

विद्यार्थीको अल्टिमेटमको वास्ता गरेन सिएमसिले, विद्यार्थी पुन आन्दोलित

चितवन , १३ असोज

चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुन आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेजले पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका ह्न । जिल्ला प्रशासन कार्यालय भएको छलफलमा वढि शुल्कका बारे असोज १० गते भित्र प्रतिवेदन तयार पार्ने सहमती भएको थियो । तोकिएको समय बितिसक्दापनि प्रतिवेदन तयार नभएकाले विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीहरु तथा उनीहरुका अभिभावकहरुले मंगलवार चितवन मेडिकल कलेज अगाडी विरोध सभा गरेका छन् । चितवन मेडिकल कलेजले पुर्व सहमति अनुसार विद्यार्थीहरुबाट लिएको रकमको पुरै विवरण नदिएको भन्र्दै विद्यार्थीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए । चितवन मेडिकल कलेजले आलटाल गर्न खोजेको भन्दै पुन आन्दोलनमा उत्रनु परेको कलेजका विद्यार्थी प्रविण लामाले वताए ।