अर्पण बचतद्धारा पत्रकार पौडेल सम्मानित

अर्पण बचतद्धारा पत्रकार पौडेल सम्मानित

चितवन , १३ असोज

अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार बिकास पौडेललाई सम्मान गरेको छ । सहकारीको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै संस्थाले १० औं बार्षिक साधारण सभाको अवसरमा पत्रकार पौडेललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डले सम्मान पत्र प्रदान गरेका हुन् ।

सोहि अवसरमा ६ जना उत्कृष्ट बचतकर्ता,३ जना उत्कृष्ट ऋणि,एसईईमा उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थी,एक जना कर्मचारी,एक जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष यमन भूषालले बजेट,नीति तथा कार्यक्रम सचिव सुरज पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष किशोर चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहेको कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी,जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी,जनजागृति सहकारी संस्थाका अध्यक्ष रमामान्त पौडेल,उज्ज्वल साकोसकी अध्यक्ष ऋतु गिरी,त्रिफला साकोसका अध्यक्ष नारायण आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष यमन भूषालको अध्यक्षतामा भएको थियो ।