खैरहनी ५ मा नेकपाको निर्वाचन परिचालन कमिटी गठन

खैरहनी ५ मा नेकपाको निर्वाचन परिचालन कमिटी गठन

चितवन , १४ कार्तिक। 
खैरहनीमा हुन लागेको उपनिर्वाचको लागि नेकपाले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । खैरहनी नगरपालिकाको वडा नम्बर ५ मा वडा अध्यक्ष पदको लागि हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

जगन्नाथ आचार्यको संयोजकत्वमा एक सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । त्यस्तै विभिन्न बिभाग समेत गठन गरिएको छ । छत्रनाथ सुवेदीको संयोजकत्वमा प्रचार प्रसार विभाग , शिव प्रसाद पौडेलको संयोजकत्वमा आर्थिक विभाग ,छन्नुराम चौधरीको संयोजकत्वमा युवा परिचालन र भोजिया चौधरीको संयोजकत्वमा महिला परिचालन हुने निर्वाचन परिचालन कमिटीका संयोजक जगन्नाथ आचार्यले जानकारी दिए । आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाको तर्फबाट पुननारायाण प्रधान उम्मेदवार रहेका छन् ।