राप्ती ४ ले गरिवलाई वाड्यो सिरक डसना
पुष १५ गते ।
राप्ती नगरपालिका वडा नं. ४ का विपन्न १० घरपरिवारका लागी जाडोमा आवश्यक सिरक, डसना लगायत न्यानो कपडा सहयोग गरिएको छ । वडा कार्यालयबाट बजेटको ब्यवस्था गरि स्थानीय राम बहादुर सुनार, गोगन माया श्रेष्ठ, गोकर्ण परियार, पिपला दमाई, राम बहादुर परियार, गोपीलाल कामी, अमृता सिलवाल, पुतलि रुम्बा, अरुण घिमिरे र धनकुमारी तमाङको परिवारलाई सिरक, डसना, तन्ना, सिरानी लगायत सामाग्री सहयोग गरिएको हो । वडा अध्यक्ष शमशेर लामा स्वयं विपन्न परिवारको घरघरमै पुगेर सो सहयोग हस्तान्तरण गरिएको थियो ।
जाडोको बेला न्यानो कपडाको अभावमा समय कटाउन बाध्य गरिबहरुको दयनिय अवस्था देखेपछि समाजिक उत्तरदात्वि बहन गर्दै सहयोग गरिएको वडाअध्यक्ष लामाले बताए । वडा कार्यालयले यसअघि पनि वडाका विपन्न समुदाय, विभिन्न क्लब तथा टोल बिकास संस्थाहरुलाई विभिन्न सहयोग गर्दै आएका छन । त्यस्तै विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा, विपन्न लक्षित शीप मुलक तालिम, विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिए ।